Lumbini World School is pleased to announce the “First LWS (U–11) All Nepal 5-A Side Futsal Tournament – 2082,” scheduled to be held on Mangsir 12 and 13, under the theme “Small Steps, Big Goals.”
November 20, 2025
November 20, 2025
यस लुम्बिनी वर्ल्ड स्कुलको आयोजनामा "साना पाईला, ठूला गोल" भन्ने भावनाका साथ चेतना विकास गर्ने उद्देश्य लिई यहि २०८२ साल मङ्सिर १२ र १३ गतेका दिन "प्रथम एल् डब्ल्यु. एस् (यु-११) अल नेपाल ५-ए साईड फुटसल टुर्नामेन्ट- २०८२" को आयोजना गरिएको छ। यस प्रतियोगितामा ११ वर्ष मुनिका खेलाडीहरुको समुह विच प्रतिस्पर्धा हुन गई रहेको हुँदा यहाँको संस्थाको तर्फबाट प्रतियोगिहरुका साथमा १ जना प्रशिक्षकको र १ जना टिम ग्यानेजर सहभागिता गराईदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछौं । साथै प्रतियोगितामा सहभागी हुने खेलाडी दर्ता गर्न लुम्बिनी वर्ल्ड स्कूलको ईमेल info@lws.edu.np मार्फत अथवा हाम्रो फेसबुक पेजमा रहेको दर्ता Form मार्फत अनलाईन दर्ता गर्न सकिने व्यहोरा अनुरोध छ। दर्ता शुल्क भुक्तानीको लागि यहि पत्रमा दिइएको QR Code प्रयोग गरी टिम दतां गर्न सकिन्छ ।
फुटसल टुर्नामेन्ट सम्बन्धी नियमहरु :
१. फुटसल प्रतियोगिता आयोजक : लुम्बिनी वर्ल्ड स्कुल, तिलोत्तमा १३, रुपन्देही प्रतियोगिता स्थल : लुम्बिनी वर्ल्ड स्कुल फुटसल अरिना मिति/समय : २०८२/०८/१२ गते, बिहान ७:०० बजे देखी
२. नामाङ्कन खेल प्रविष्ट : अल नेपालदेखि ११ वर्ष मुनिका विद्यार्थी खेलाडीहरुले फुटसल टुर्नामेन्टमा भाग लिन पाउने छन् । मिति २०८२ साल मद्दसिर ०८ गते बेलुका ६:०० बजे सम्म खेलाडीको नाम दर्ता गराई सक्नु पर्नेछ । प्रतियोगीले आफ्नो उमेर खुलाउन जन्मदर्ता, IEMIS No. साथै सम्बन्धित जिल्लाको विद्यालयको क्लबको लेटर हेडमा सिफारिस पत्र scan गरी पठाउनु पर्नेछ ।
३. खेलका नियम तथा शर्तहरु :
क) यस प्रतियोगितामा सहभागी टिमबाट ०८ जना खेलाडीहरु दर्ता गराउनु पर्ने छ। यस फारम बाहेक सम्बन्धित संस्थाको आधिकारिक पत्रमा सहभागिको नाम, जन्म मिति खुल्ने गरी आधिकारिक हस्ताक्षर सहितको पत्र अनिवार्य रुपमा आयोजकलाई प्रतियोगिताको दिन पेश गर्न पर्ने छ ।
ख) खेलाडीको जन्म वि.सं. २०७१ जेष्ठ १ गते (सन् २०१४ मई १५ तारिख) वा सो मिति भन्दा पछिको मितिमा हुनु पर्नेछ ।
ग) खेलाडीहरुको जन्मदर्ताको सक्कल प्रमाण पत्र वा नावालिक परिचय पत्र वा पासपोर्ट अनिवार्य रुपले पेश गर्नु पर्ने हुन्छ ।
घ) प्रतिस्पर्धि टिमबाट कम्तिमा १ जना प्रशिक्षक, १ जना टिम म्यानेजर गरि २ जना अफिसियल अनिवार्य रुपमा दर्ता हुनु पर्ने ६।
ङ) सिमित टिम दर्ता गराई नकआउट खेल प्रतिस्पर्धा गराइने छ ।
च) टिम दर्ता शुल्क : रु २५००।- (पत्र पछाडी QR Code दिइएको छ ।)
छ) खेल सुरु हुनु भन्दा ३० मिनेट अघि नै खेलाडी खेल मैदान परिसरमा अनिवार्य रुपमा प्रवेश गरि सक्नु पर्ने छ ।
ज) खेलको टाईसिट २०८२ साल मंसिर ०९ गते मंगलवार निकालिने छ ।
झ) खेल फिफाको (FIFA) को नियम अनुसार खेलाइने छ ।
ञ) खेल खेल्ने क्रममा खेलाडी घाइते भएमा आयोजकले प्राथमिक उपचारको मात्र व्यवस्था गरिने छ, थप उपचार र व्यवस्थापन अन्य खर्च सम्बन्धित टिमले स्वयम् नै गर्नु पर्ने छ ।
ट) खेलमा विवाद भएमा आयोजक समितिको निर्णय अन्तिम हुनेछ ।
ठ) खेलमा सहभागी हुनका लागि प्रत्येक टिमसँग सो टिमको जर्सी र खेलाडीहरु अनिवार्य रुपमा फुटसल जुत्ता, मोजा, सिन गार्ड सहित उपस्थित हुनु पर्ने छ ।
ड) यदि कुनै टिमद्वारा प्रोटेष्ट गर्नु परेमा प्रोटेष्ट शुल्क रु १५०० सहित खेल सकिएको ३० मिनेट भित्र समितिको अफिसियल डेक्समा निवेदन बुझाउनु पर्ने छ ।
पुरस्कार:
१) प्रथम पुरस्कार: नगद रु २०,०००/ साथै ट्रफि, मेडल र प्रमाण पत्र ।
२) दोस्रो पुरस्कार: नगद रु १५,०००/- साथै ट्रफि, मेडल र प्रमाण पत्र ।
३) प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीलाई मेडल एवम् प्रमाण पत्र प्रदान गरिने छ ।
व्यक्तिगत विधातर्फ :
क) सर्वोकृष्ट खेलाडी
ख) उत्कृष्ट गोल रक्षक
ग) सर्वाधिक गोलकर्ता
घ) उत्कृष्ट अनुशासित टिम
लुम्बिनी वर्ल्ड स्कुल सधैं खेलाडीहरुको उच्च सम्मानका साथ उन्नती प्रगतिको कामना गर्दछौं साथै कुनै प्रकारका जिज्ञासा भएमा आयोजक समितिमा सम्पर्क राख्न हुन अनुरोध गर्दछौं ।
सम्पर्क नम्बरहरु :
अनिल घोताने : कार्यक्रम संयोजक (९८११९२१९९९, ९७६७६०७९५७)
ओम प्रकाश थापा: प्राविधिक प्रमुख (९८१७४२८०३१)
त्यसैगरी, प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको दर्ता तल प्रदान गरिएको Google Link मार्फत Online Form भरी गर्न सकिन्छ।https://docs.google.com/forms/d/e/1FAIpQLSd4iW0TJuJtGg656yFxtq2eZRPLzq9QXYUSwI9hpLPIxjM44g/viewform…
अथवा,
तल दिइएको Google Link बाट Registration Form Download गरी आवश्यक विवरणहरू भरी लुम्बिनी वर्ल्ड स्कुलको इमेल info@lws.edu.np मा पठाउन पनि सकिनेछ।
https://drive.google.com/file/d/1Y8VgMQyIK-M5dgn7wzebcNwkxlKLSSn8/view?usp=sharing
Lumbini World School is pleased to announce the “First LWS (U–11) All Nepal 5-A Side Futsal Tournament – 2082,” scheduled to be held on Mangsir 12 and 13, under the theme “Small Steps, Big Goals.” The tournament aims to foster talent, teamwork, and skill development among players under 11 years of age.
We kindly request your esteemed institution to ensure the participation of the team along with one coach and one team manager.
Player registration may be completed by filling out the online form available at the link below:https://docs.google.com/forms/d/e/1FAIpQLSd4iW0TJuJtGg656yFxtq2eZRPLzq9QXYUSwI9hpLPIxjM44g/viewform…
Alternatively, the Registration Form can be downloaded from the link below, filled out, and submitted to info@lws.edu.nphttps://drive.google.com/file/d/1Y8VgMQyIK-M5dgn7wzebcNwkxlKLSSn8/view?usp=sharing